Logo

मुख्य समाचार

सरकारले निषेधित क्षेत्र तोकेपछि एमालेको प्रदर्शनस्थल परिवर्तन



काठमाडौं । नेकपा एमालेको युवा संघ र अनेरास्ववियुले मंसिर ७ मा आयोजना गरेको प्रदर्शनको स्थान परिवर्तन गरेको छ ।

युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा आयोजना गरिएको कार्यक्रम उही समयमा तीनकुनेमा सारिएको जनाएका छन् ।

सरकारले सोमबारबाट एक महिनासम्मका लागि माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेपछि युवा संघले कार्यक्रमस्थल परिवर्तन गरेको हो ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ८ : ३५ बजे