Logo

मुख्य समाचार

एक हप्ता अघि सुरुङभित्र फसेका ४० मजदुरको अझै भएन उद्धार



काठमाडौं । भारत उत्तराखण्डको यमुनेत्री राष्ट्रिय राजमार्गमा बनिरहेको सुरुङ भित्र फसेका ४० जना मजदुरहरुको एक हप्ता भइसक्दा पनि उद्धार हुन सकेको छैन ।

उत्तरकाशी जिल्लाको सिल्कयारा गाउँ र डाँडल गाउँ जोड्नका लागि बनाइँदै गरेको सुरुङ एक्कासी भत्किएपछि गत सोमबारदेखि ४० जना मजदुरहरु फसेका छन् । उनीहरुलाई उद्धारका लागि गरिएको हालसम्म गरिएको प्रयास असफल भएको छ । यद्यपि प्रयास जारी छ ।

बीबीसी हिन्दीका अनुसार मजदुरहरुलाई उद्धार गर्न हालसम्म होरिजेन्टली ९सुरुङको मुख्य मार्ग अगाडिबाट तेर्सो गरी० मेसिनले ड्रिल गर्ने काम गरिएको थियो । तर तेर्सो गरी प्वाल पार्ने तीन पटकको प्रयास असफल भएको छ । अब पहाड माथिबाट ठाडो प्वाल पार्ने प्रयास भइरहेको छ । अर्थात् तेर्सो र ठाडो दुवै तरिकाले सुरुङमा प्वाल पार्ने प्रयास भइरहेको छ ।

‘अहिले मजदुरहरुलाई बाहिर निकाल्ने काम ठप्पजस्तै छ,’ बीबीसी हिन्दीले लेखेको छ, ‘ठाडो प्वाल पार्दा १०३ मिटर जति गहिरो खन्नुपर्छ र यो निकै जोखिमपूर्ण छ । यदि सबै काम ठिकठाक चलेमा त्यो काम गर्न पनि चार–पाँच दिन लाग्ने अनुमान छ ।’

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ९ : १४ बजे