Logo

मुख्य समाचार

प्युठानमा आमाछोरा मृत फेला



प्युठान । नौबहिनी गाउँपालिका–३ खवांगमा आमाछोरा मृत फेला परेका छन् । खवांगको काइया भन्ने ठाउँमा स्थानीय २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी ३ वर्षीय छोरा मुस्कान बुढामगर शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बाहानेले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख ईश्वर थापा नेतृत्वको टोली खटेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ७ : ३९ बजे