Logo

मुख्य समाचार

इजरायली सेना गाजाको अस्पतालमा छिरेपछि टर्कीका राष्ट्रपति आक्रोशित



इस्तानबुल । गाजाको अस्पतालमा इजरायली सेनाको हस्तक्षेप प्रति टर्की क्षुब्द भएको छ । इजरायली हमलाको सम्बन्धमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायलले जसरी सर्वसाधारणलाई निशाना बनाउँदै छ, त्यो सबै ‘तोराह’मा लेखिएको छैन भन्ने कुरा जान्नुपर्ने बताएका छन् ।

टोरा यहूदी धर्ममा मानिने हिब्रू बाइबलको पहिलो पाँच पुस्तकहरूको संकलन हो। यहूदीहरू बाहेक यो पुस्तक इसाईहरूले पनि मान्छन्, यद्यपि तोराह इस्लामको धार्मिक पुस्तक कुरानमा पनि उल्लेख गरिएको छ ।

एर्दोगानले भने, ‘प्रार्थनामा आक्रमण गरियो, गिर्जाघरलाई निशाना बनाइयो तर अस्पतालमा गोली हानेर, बालबालिकालाई मार्ने कुरा टोरामा सिकाइएको छैन । तपाई (इजरायल) यो गर्न सक्नुहुन्न।’

इजरायली सेना अल शिफा अस्पतालमा प्रवेश गरेको र अस्पतालमा हमासको मुख्यालय फेला पारेको दाबी गरिरहेको बेला राष्ट्रपति एर्दोगानको यो बयान आएको हो ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ४ : ०९ बजे