काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले विशेष बैठक बोलाएको छ । बैठक मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेछ ।
बैठकमा जनसंगठनका पदाधिकारी र काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई बोलाइएको एमालेले जनाएको छ ।
बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको छ । बैठकमा युवासंघको आयोजनामा हुने मंसिर ७ गतेको कार्यक्रमको बारेमा छलफल हुने एमालेले जनाएको छ ।
सामाजिक अभियन्ता दुर्गा प्रसाईँले पनि त्यसै दिन काठमाडौँमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया