Logo

मुख्य समाचार

भाइटीकाको उत्तम साइत बिहान १०:५१ मा


२८ कार्तिक २०८०, मंगलबार  

23
Shares

काठमाडौं । बुधबार नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन भाइटीका पर्व मनाइँदैछ ।​

यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन बुधवार भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको छ । तर साइतमा लगाउन नसक्नेका लागि भने दिनभर नै टीका लगाउन मिल्ने समितिले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ९ : ०९ बजे