Logo

मुख्य समाचार

इजरायलको आक्रमणले गाजाको प्रमुख अस्पताल बन्द


२७ कार्तिक २०८०, सोमबार  

46
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजा सहरको प्रमुख अस्पताल अल शिफा बन्द भएको जनाएको छ । डब्ल्यूएचओले अस्पताल क्षेत्रमा भइरहेको लगातारको बम विस्फोट र आक्रमणले पहिले नै जटिल अवस्थामा रहेको अस्पताललाई संकटपूर्ण बनाएको बताएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले अस्पतालभित्र दुई हजार ३०० भन्दा बढी मानिस रहेको बताएको छ  । बीबीसीले त्यहाँको सर्जिकल थिएटरमा कम्तीमा २० नवजात शिशु रहेको जनाएको छ ।

इजरायली सेनाले अस्पतालबाट बच्चाहरूलाई सुरक्षित ठाउँमा सार्न मद्दत गर्ने बताएको छ । तर, अस्पतालमा विद्युत कटौती भएको कुरा अस्वीकार गरेको छ  । इजरायलका राष्ट्रपति इसाक हर्जोगले अस्पताल भवनमुनी हमासको अखडा रहेको बताएका छन् । हमासले यो आरोप अस्वीकार गरेको छ ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा एक हजार २०० भन्दा बढी मानिसको मृत्यु भएको र २०० भन्दा बढीलाई बन्धक बनाइएको इजरायलले जनाएको छ । गाजामा ११ हजारभन्दा बढीको ज्यान गएको र त्यसमा चार हजार ५०० भन्दा बढी बालबालिका भएको बताइएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ११ : ३० बजे