Logo

धर्म / संस्कृति

आजको राशिफल २०८० कार्तिक २७ गते


२७ कार्तिक २०८०, सोमबार  

138
Shares

आज २०८० कार्तिक २७ गते, सोमबार, १३ नोभेम्बर २०२३। कार्तिक कृष्णपक्ष औंसी तिथि, १४ः४१ बजेपछि कार्तिक शुक्ल प्रतिपदा। विशाखा नक्षत्र। चन्द्रराशि तुला।

मेष राशि

काममा साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला। आम्दानी बढाउने काम गर्न सकिनेछ।

बृष राशि

परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थै झमेलामा परिनेछ। कामका दौडधुप गर्नुपरे पनि मिहिनेतले सफलता दिलाउनेछ।

मिथुन राशि

अवसर आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। हल्लाको पछि लाग्दा अलमल हुनेछ।

कर्कट राशि

भौतिक साधन जुट्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। तर हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ।

सिंह राशि

परिस्थिति अलि संघर्षपूर्ण रहला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ।

कन्या राशि

निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ। पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ।

तुला राशि

कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला। खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। राम्रो नतिजा हातपार्न रोकिएको काम दोहोर्याउनुपर्ला। अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ।

बृश्चिक राशि

आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि लगानी बढाउन सकिनेछ।

धनु राशि

दैनिक काममा उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्।

मकर राशि

कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ।

कुम्भ राशि

परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।

मीन राशि

मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ। कामको चाप बढ्ने समय छ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। उधारोमा व्यापार गर्नुपर्ला।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ५ : ५३ बजे