काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १२ बुँदे सम्झौताका पक्षधरहरु एकतावद्ध भएमात्रै वर्तमान व्यवस्थालाई अघि बढाउन सकिने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा आफ्नो धारण राख्ने क्रममा पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले यस्तो बताएका हुन् ।
उनले समस्या र जनताका चाहानाका साथै यो व्यवस्थालाई बलियो बनाउने बारेमा १२ बुँदे विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका पार्टीहरु एकै ठाउँमा दृढताका साथ उभिएर व्यवस्थालाई अघि बढाउँदै लैजानुपर्ने पनि बताए ।
साथै उनले आफू नेतृत्वको टोली आजै साँझ चीन भ्रमणमा जान लागेको र त्यसक्रममा चिनियाँ कम्युनिस्ट पार्टी लगायत विभिन्न पार्टीसँग अन्तरक्रिया गर्ने बताए ।
प्रतिक्रिया