Logo

Breaking News 1

संघीय संसद भवनको निर्माण कार्य दुई महिनाभित्र सम्पन्न गर्न सभामुखको निर्देशन


२१ कार्तिक २०८०, मंगलबार  

69
Shares

काठमाडौँ। सभामुख देवराज घिमिरेले निर्माणाधिन संघीय संसदको भवन दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

मंगलवार शहरी विकास मन्त्रालयले संसद भवनभित्र प्रयोग गरिने प्रविधिहरुको सम्बन्धमा जानकारी दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संघीय संसदको मुख्य दुईवटा भवनहरु दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।

आफ्नो चासो संसदको आगामी अधिवेशन नयाँ संसद भवनबाट चलाउने रहेको उल्लेख गर्दै उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभाका मुख्य बैठक कक्षमा आवश्यक प्रविधिहरु दुई महिनाभित्र जडान गरिसक्न आग्रह गर्नुभएको हो । उहाँले सबै भवनहरुको निर्माण सम्पन्न नभएपनि बैठक बस्ने दुईवटा बैठक कक्षको भने प्राविधिक रुपमा सबै काम सक्नेगरी तयारी गर्न अनुरोध गर्नुभयो । त्यसैगरी उहाँले संसद भवनमा जडान गरिने प्रविधिहरुको बारेमा प्राविधिकहरुले जडान गर्दादेखि नै ज्ञान लिनुपर्ने बताउनु भयो । उहाँले भविष्यमा आइपर्न सक्ने प्राविधिक समस्याहरुको बारेमा प्राविधिकहरुले अहिलेदेखि नै ज्ञान हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

सहरी विकासमन्त्री सीता गुरूङले संघीय संसद भवनमा नयाँ प्रविधिको जडान गरिने बताउनुभयो । उहाँले भोलिको विश्वसँग तुलना गरेर नयाँ प्रविधिहरुलाई प्राथमिकता दिएर जडान गरिने बताउनु भयो । उहाँले बजेटको सिमिततालाई ख्याल गर्दै सकेसम्म राम्रा प्रविधिहरुको प्रयोग गरिने बताउनु भयो ।

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना प्रमुख मचाकाजी महर्जनले संघीय संसद भवन निर्माणको काममा ७५ प्रतिशत प्रगति हासिल गरिसकिएको बताउनु भयो । उहाँले १२ वटा भवनहरुमध्ये ७ वटा भवनहरुको छाना सम्मको काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । बाँकी ४ वटा भवनमा ट्रस्ट निर्माण लगायत छानाको काम अगाडी बढिराखेको उहाँले बताउनु भयो । त्यसैगरी पर्खाल निर्माणको ९५ प्रतिशत काम सम्पन्न भएको उहाँको भनाई छ ।

उहाँले अब भवन भित्रको इन्टेरियरको काम शुरु हुने बताउनु भयो । उहाँले भवन निर्माण भइरहेको

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ३ : ४२ बजे