काठमाडौं । गृह मन्त्रालयले आन्दोलनरत आरती शाहका आफन्तलाई वार्तामा बोलाएको छ । आरतीका बुवा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै वार्ताका लागि प्रतिनिधि पठाउन गृहले पत्राचार गरेको छ । धनुषाकी २२ वर्षीया आरती साह मृत्यु प्रकरणको अनुसन्धानमा कमजोरी गरेको भन्दै विवादमा रहेका एसपी खड्कालाई सोमबार प्रहरी प्रधान कार्यालयमा तानिएको हो ।
उनलाई धनुषाबाट प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा तानिएको छ । उनको काज सरुवा गरिएको प्रहरी प्रवक्ता एवं डीआईजी कुवेर कडायतले जानकारी दिए ।
खड्कालाई प्रहरी प्रधान कार्यालयले हटाएपछि गृहले वार्ताका लागि बोलाएको हो ।
प्रतिक्रिया