Logo

मुख्य समाचार

गुल्मीमा १५ वर्षे बालिका रुचालको बलात्कारपछि हत्या, एकजना पक्राउ


२० कार्तिक २०८०, सोमबार  

23
Shares

काठमाडौं । गुल्मीको शान्तिपुरमा १५ वर्षीया बालिका मनिषा रुचालको बलात्कारपछि हत्या भएको खुलेको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा शान्तिपुरमै रहेको मदरसाका एक शिक्षकलाई पक्राउ गरेको ।

मृतककी आमा धनमाया सार्कीको किटानी जाहेरीमा बाँके जिल्लाको खजुरा गाउँपालिका–७ का २३ वर्षीय रहिस खाँलाई पक्राउ गरेको हो । स्थानीय २ सय मुस्लिम परिवारका विद्यार्थीलाई पढाउन खोलिएको मदरसा गुल्सने मदिनामा रहिसले पढाउने गरेका थिए ।

कात्तिक १७ गते बिहान शान्तिपुरस्थित हुग्दीखोलामा नग्न अवस्थामा मनिषाको शव भेटिएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ८ : ५६ बजे