रुकुम। प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले रुकुमपश्चिमको भूकम्प प्रभावित ठाउँमा तीनदिनभित्रै राहत सामग्री पठाइसक्ने बताएका छन् । आज जिल्ला व्यवस्थापन समितिको बैठकमा उनले राहत वितरणको काम तीव्र पारिने बताए ।
राहत वितरणपछि पुनःनिर्माण नभएसम्मका लागि अस्थायी बासको व्यवस्थाका लागि काम गर्ने र पुनःनिर्माणमा लाग्ने उनको भनाइ थियो । भूकम्पका कारण अवरुद्ध भएको विद्युत् तथा सडक मर्मत र फोन सेवालाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको शर्माले बताए ।
जिल्ला व्यवस्थापन समितिमा आएको राहत स्थानीय तहलाई दिने र स्थानीय तहले बाँड्ने व्यवस्था गर्ने उनले बताए ।
प्रतिक्रिया