काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालकाे कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आग्रह गरेका छन्।
एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को संयुक्त आयोजनामा आयोजित ३७ औँ क्यासी सम्मेलनमा राष्ट्रपति पौडेलले यस्तो आग्रह गरेका हुन्।
राष्ट्रपति पौडेलले शुक्रबार राति गएको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित पीडितहरुलाई सहयोग गर्न सबै उद्यमी, व्यवसायीहरुलाई अपिल पनि गरे।
प्रतिक्रिया