Logo

मुख्य समाचार

भरतपुर महानगरले भूकम्प प्रभावितका लागि १ करोड सहयोग गर्ने


१९ कार्तिक २०८०, आइतबार  

46
Shares

भरतपुर । भरतपुर महानगरपालिकाले भूकम्प प्रभावितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको ८७औं कार्यपालिका बैठकले १ करोड सहयोग गर्ने निर्णय गरेको गरेको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले जानकारी दिए ।

भूकम्प प्रभावित क्षेत्रमा खोज,उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनः निर्माणलगायतका कार्यमा सहयोग पुर्‍याउन महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने भएको हो ।

जम्मा हुने सहयोग जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको ५ दिनको तलब, सहायकस्तरसम्मका कर्मचारीको ३ दिनको तलब, मावि शिक्षकको ३ दिनको तलब, आधारभूत तहका शिक्षकको २ तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट हुने गरी मिलाइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : ५२ बजे