Logo

खेलकुद

आईसीसी टी–२० : ओमानसँग खेल्दै नेपाल


१९ कार्तिक २०८०, आइतबार  

46
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपालले ओमानविरुद्ध खेल्दै छ । सेमिफाइनलमा नेपालले समूह ‘बी’ को विजेता यूएईलाई हराएको थियो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ११ बजेदेखि सुरु हुनेछ ।

यसअघि समूह चरणको खेलमा नेपालले सोमबार सिंगापुरविरुद्ध आठ विकेट र मंगलबार मलेसियाविरुद्ध ६ विकेटको सहज जित निकालेको थियो । कात्तिक १३ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी थिए । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको थियो ।

नेपाल समूह ‘ए’मा थियो । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान थिए । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : ४० बजे