Logo

कोशी

संकटमा कोशी सरकार, एमालेले तत्काल समर्थन फिर्ता नलिने


१८ कार्तिक २०८०, शनिबार  

23
Shares

काठमाडौं । कोशी प्रदेश सरकारमा सहभागि भएर सरकार छाडेको नेकपा एमालेले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ ।

एमालेले समर्थन फिर्ता लिएपनि अर्को सरकार गठन हुने संवैधानिक व्यवस्था नरहेका कारण एमालेले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको हो ।

मध्यावधि निर्वाचन रोक्नका लागि केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको बताउँदै एमालेले सत्तारूढ गठबन्धन सहभागी भएपछि सरकारबाट एमाले बाहिरिएको बताएको छ ।

शनिबार नेकपा एमालेका नेताहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछिको कानूनी प्रक्रियाका बारेमा छलफल गरेका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ८ : ५९ बजे