Logo

कोशी

कोशीमा एमाले प्रतिपक्षमा धकेलियो, दुई महिनापछि सरकार विस्तार


१७ कार्तिक २०८०, शुक्रबार  

46
Shares

काठमाडौं । सरकार गठन भएको झण्डै दुई महिनापछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेका छन् ।

एमाले समेतको समर्थनमा सरकार निर्माण गरेका कार्कीले अहिले भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएका हुन् । कार्कीले माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरेका हुन् ।

यसअघि कार्कीले भदौ २८ गते कांग्रेस विद्रोही पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । तर आफूहरुको सहमति विपरीत कार्कीले माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएको भन्दै नेकपा एमाले असन्तुष्ट छ ।

एमालेले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी नगराउन माग गर्दै आएको थियो । तर कार्कीले भने एमालेको अडान सुनेनन् । अब एमाले एमाले प्रतिपक्षमा जाने देखिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ८ : १५ बजे