Logo

Breaking News 1

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत, प्रस्तावमाथि छलफल जारी



विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका छन् । जारी प्रदेशसभा बैठकसमक्ष उनले आफूलाई विश्वासको मत दिन माग गर्दै प्रस्ताव गरेका हुन् । 

उनले संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आफूलाई विश्वासको मत दिन माग गरे । 

कोशी प्रदेशसभा ९३ सदस्यीय रहेको छ । उनलाई ६ सिटको राप्रपाबाहेक दलले विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।  राप्रपाले विपक्षमा मतदान गर्ने भएको छ । 

जारी प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत दिने राखेको प्रस्तावमाथि छलफल भइरहेको छ । दलीय आधारमा उक्त प्रस्तावमाथि सदस्यहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । 
 

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  २ : ३७ बजे