Logo

Breaking News 1

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीसहित दुई मन्त्रीले लिए शपथ



विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

उनी शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

साथै दुई मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कांग्रेसका शमशेर राई र एमालेका राम रानाले  पद तथा गोपनीयताको शपथ लिएका हसन् । दुवै मन्त्री हाल विनाविभागीय छन् ।
 

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ४ : २० बजे