Logo

कोशी

कोशी कार्यसम्पादन समिति सदस्य, ३१ मध्ये १७ जना शेखरको पक्षमा देखिए


२६ आश्विन २०८०, शुक्रबार  

69
Shares

विराटनगर। नेपाली कांग्रेसले मुख्यमन्त्रीको दाबी फिर्ता लिन केदार कार्कीलाई निर्देशन दिएको छ ।

नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री दावी गरेका शेखर कोइराला पक्षधर कार्कीसहित सांसदहरुलाई उम्मेदवारी फिर्ता लिन कांग्रेसले निर्देशन दिएको हो । 

कांग्रेस कोशी कार्यसम्पादन समितिले हिजो दिएको उम्मेदवारी फिर्ता लिन कार्की र उनलाई समर्थन गर्ने अन्य ७ जना सांसदलाई आफनो हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको हो । प्रदेश संसदीय दललाई केन्द्रीय गठबन्धनले गरेको निर्णय कार्यान्वयनका लागि उक्त निर्देशन दिएको हो । 

कांग्रेस कोशी कार्यसम्पादन समितिमा रहेका ३१ जना मध्ये १४ जना सदस्यले मात्रै उक्त निर्णयमा सहमति जनाएको तर अन्य बाँकी १७ जनाले भने हस्ताक्षर गरेका छैनन् । कांग्रेस निकटका अनुसार शेखर काेइरालाकाे कदमलाइ उनीहरूले नैतिक समर्थन जनाएका हुन । 

बहुमत सदस्य नपुगेको उक्त बैठकले गरेको निर्णय मान्ने नमान्ने अब संसदीय दलको हातमा रहेको महामन्त्री उमेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ३ : ५४ बजे