Logo

Breaking News 1

सरकार राम्रोसँग चल्न सकेन : डा. कोइराला



काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार राम्रोसँग चल्न नसकेको टिप्पणी गरेका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले यो सरकार सच्चिन जरुरी रहेको बताउँदै सच्चिन नसक्ने भए प्रधानमन्त्री प्रचण्डले सरकार छोड्नु पर्ने बताए ।

उनले अब कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने बताए । उनले पार्टी सभापति शेरबहादुर देउवासँग विवाद नभएको तर विधिसम्मत हिंड्नुपर्ने बताए । उनले देश अराजकतातिर गइरहेको भन्दै कुनै पनि तरिकाले देश ठीक ढंगले नचलेको बताए ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  १० : ४० बजे