Logo

मुख्य समाचार

गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द


१४ कार्तिक २०८३, शुक्रबार  

0
Shares

काठमाडौं । बाढी र पहिरोका कारण विभिन्न जिल्लामा सडक तथा पुल अवरुद्ध भएका छन् ।

शुक्रबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा सोही गाउँपालिका–१ स्थित नयाँपुल क्षेत्रमा बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध रहेको छ ।

उक्त पुल २०८३ असोज २५ गते बिहान ५ः३० बजेदेखि अवरुद्ध भएको विवरणमा उल्लेख छ ।

त्यस्तै, कर्णाली प्रदेशको सुर्खेतमा पनि पहिरोका कारण सडक अवरुद्ध भएको विवरण प्राप्त भएको छ । 

सुर्खेतमा कात्तिक १ गते बिहान ५ः४५ बजे पहिरो गएको उल्लेख भए पनि अवरुद्ध सडकको नाम, स्थान र खुल्ने अवस्थाबारे विवरणमा खुलाइएको छैन ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शुक्रबार  ८ : ४९ बजे