Logo

Breaking News 1

कर्फ्युबिच नेपालगञ्जमा झडप, १३ जना घाइते


१६ आश्विन २०८०, मंगलबार  

69
Shares

काठमाडौं । कर्फ्युबीच बाँकेको नेपालगञ्जमा झडप हुँदा ३ सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय, बाँकेले मंगलवार साँझ एक विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मीले सामान्य बल प्रयोग गर्ने क्रममा १३ जना घाइते भएको जानकारी दिएको हो ।

कर्फ्यूको समयमा पनि ठाउँठाउँमा झडप हुने अवस्था देखिएपछि नेपालगञ्जमा नेपाली सेना समेत परिचालन गरिएको छ । हिन्दु र मुस्लिम समुदायका बिचमा भएको सामान्य विवादले उग्र रुप लिएपछि बाँकेमा अनिश्चितकालिन कर्फ्यु आदेश जारी भएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ९ : ३७ बजे