काठमाडौं । अभियन्ता ईः र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन भएको छ ।
साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै राष्ट्रियसभा गृहबाहिर ११९ घण्टाभन्दा बढी समय उभिएर विरोध शुरु गरेका अभियन्ता ई र महानगरको वार्ता समितिबिच छलफल भएपनि विनानिष्कर्ष सकिएको हो ।
वार्ताका क्रममा तत्कालका लागि निश्चित समयका लागि व्यापार गर्न दिने गरी छलफल भएपनि अन्तिममा वार्ता निष्कर्षविहीन बनेको बताइएको छ । अभियन्ता ईः ले ८ दिनदेखि मेयर र उपमेयरको कार्यालय राष्ट्रिय सभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गरिरहेका छन् ।
मंगलबार बिहान उपमेयर सुनिता डंगोलले अभियन्ता ईः लाई भेट्न पुगेकी थिइन् । त्यसपछि मेयर बालेन शाहले वार्ताका लागि ५ सदस्यीय टोली बनाएका थिए । ईः का तर्फबाट पनि ५ सदस्यीय टोली बनाएर वार्ता गरिएको थियो ।
प्रतिक्रिया