Logo

धर्म / संस्कृति

आजको राशिफल



काठमाडाैं । २०८० असोज ९ गते, मंगलवार, २६ सेप्टेम्बर २०२३। भाद्र शुक्लपक्ष द्वादशी तिथि। श्रवण नक्षत्र, ७ः४० बजेपछि धनिष्ठा। चन्द्रराशि मकर, १८ः५१ बजेपछि कुम्भ ।

मेष 

केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्दा आत्मसम्मानमा आघात पुग्न सक्छ। अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। तापनि उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

वृष

मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। समुदायको हितमा विशेष काम गर्न सकिनेछ।

मिथुन 

समस्याप्रति गम्भीर नबन्दा दुस्ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ।

कर्कट

घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ।

सिंह 

यात्रा र किनमेलमा खर्च हुनेछ। अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन जुट्नुपर्ने समय छ। द्वेष वा ईर्ष्या गर्नेहरूले बाधा पुर्याए पनि चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने योजना शुभारम्भ हुनेछ।

कन्या 

मिहिनेतले विभिन्न अवसर दिलाउनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ।अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।

तुला

परिस्थितिअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आफन्तको सहयोगले काम बनाउन सकिनेछ।

वृश्चिक 

भौतिक साधनले खर्च बढाउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तापनि कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम र दाम आर्जन गर्न सकिनेछ। गरिएका कर्मको फल प्राप्त हुनेछ।

धनु 

बौद्धिक क्षमतामा निखारता आउनेछ। बुद्धिको उपयोगले ठूलै काम पनि सम्पादन हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।

मकर 

आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ।

कुम्भ

खर्च लागे पनि केही काम बनाउन सकिनेछ। टाढाका साथीभाइको साथ–सहयोग प्राप्त हुनेछ। पेसा–व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।

मीन 

श्रम परे पनि राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ५ : ११ बजे