Logo

Breaking News 1

आमाको नामबाट नागरिकता लिदा बाबुको नाम नभएपनि हुने सर्वोच्चको परमादेश



काठमाडौं । सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने परमादेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासले गत साउन २३ मा जारी गरेको परमादेशको पूर्णपाठ अहिले सार्वजनिक भएको हो ।

ललितपुरको महालक्ष्मी नगरपालिकाकी विन्दिया महर्जन र छोरी कृष्टिना महर्जनको तर्फबाट दायर रिटमा आदेश जारी गर्दै सर्वोच्चले आमाको वंशज नागरिकता भएको अवस्थामा उनका सन्तानको पनि वंशजकै नागरिकता हुने र आमको स्थायी ठेगाना नै सन्तानको पनि स्थायी ठेगाना हुने परमादेश जारी गरेको हो ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ११ : ०३ बजे