Logo

Breaking News 1

उपप्राध्यापक प्रेम चलाउनेको ज्यान मार्ने उद्योगको मुद्दा हेर्दाहेर्दैमा



काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको ज्यान मार्ने उद्योगको मुद्दामा आजदेखि सुनुवाइ सुरु भएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश उत्तम सिलुवालको इजलासमा सुनुवाइ सुरु भएको हो ।

पहिलो दिन आज चलाउनेको तर्फबाट कानुन व्यवसायीहरू वसन्त जोशी, चन्द्रप्रसाद सँजेल र रमेश बडालले बहस गरेका छन् । अभियुक्तको तर्फबाट उज्वलराम घिमिरेले बहस गरेका छन् ।

सर्वोच्च अदालतले चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा यथाशीघ्र टुंगो लगाउन गत ९ साउनमा जिल्ला अदालतलाई आदेश दिएको थियो । सबै कानुन व्यवसायीहरूको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दमा राखिएको छ । भोलि नै पूर्ण सुनुवाइ गर्ने इजलासको तयारी छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ७ : ३५ बजे