काठमाडौं । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको शिक्षक महासंघ सरकारले बोलाएको वार्तामा नग्इ आन्दोलन शुरु गर्ने भएको छ ।
नेपाल शिक्षक महासंघका अनुसार निर्धारित आन्दोलनका कार्यक्रमअनुसार असोज ३ गतेबाट काठमाडौंको माइतीघरमा प्रदर्शन हुनेछ । त्यसका लागि केही शिक्षकहरु काठमाडौं आइसकेको र कतिपय आउने क्रममा रहेको बताइएको छ ।
शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा मंगलबार ३ बजे वार्ता गर्ने मन्त्रालयको प्रस्ताव भएपनि शिक्षक महासंघ वार्तामा बस्नै तयार भएन ।
प्रतिक्रिया