Logo

मुख्य समाचार

नेपालमा पिकलबलको अत्यन्तै राम्रो सम्भावना छ : कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा सरकार र राष्ट्रिय खेलकुद परिषदले सहयोग गरे पिकलबलको अत्यन्तै राम्रो सम्भावना रहेको बताएका छन् ।

पिकलबल एशोसियसन नेपालको आयोजनामा नेपाल-सिक्किम फ्रेण्डसिप पिकलबल टुर्नामेन्ट आजबाट सुरु भएको छ। पुर्व उपप्रधानमन्त्री समेत रहेका थापाले केलको उद्घाटन गरेका हुन् ।

टुर्नामेन्ट काठमाडौंको बौद्धस्थित स्नोल्यान्ड स्पोर्ट्स एकेडेमीमा भईरहेको छ । पिकलबल एशोसियसन सिक्किमबाट हेमन्त गुरुङको नेतृत्वमा ३० जनाको टोलि नेपाल आएको छ भने नेपालबाट ८० खेलाडी सहभागी भएका छन् ।

एनसीसीएस, क्याम्पियन र काव्य स्कुलका विद्यार्थी खेलाडीहरु पनि सहभागी भएका छन्। यी बिद्यालयका विद्यार्थी खेलाडीहरुले एक-आपसमा प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेलमा थापाले एक म्याच खेलेका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ४ : ५८ बजे