काठमाडाैं । बाढी पूर्वानुमान महाशाखाले भारी वर्षाका कारण केही नदीमा आज बाढीको जोखिम रहेको जनाएकाे छ । आज ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, झापा, मोरङ, सुनसरी र सप्तरीका नदीमा बाढीको जोखिम रहेको विभागले जनाएकाे छ ।
विभागले रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी, दार्चुला र आसपास भएर बहने केही स–साना नदीहरूमा बहाव बढ्नसक्ने पूर्वानुमान रहेको जनाएकाे हाे ।
प्रतिक्रिया