Logo

मुख्य समाचार

आगामी २४ घण्टामा हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना


१८ कार्तिक २०८३, मंगलबार  

0
Shares

काठमाडौं । देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा आगामी २४ घण्टाभित्र हल्का वर्षा हुने सम्भावना रहेको छ । तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । ती क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ । तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ ।

त्यस्तै, राति मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका अधिकांश भूभागमा आंशिक बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा पनि आंशिक बदली हुने महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ । तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, मंगलबार  ६ : २८ बजे