Logo

मुख्य समाचार

बल्छी ध्रुवेसहितका कलाकार धरौटी बुझाएर छुटे



काठमाडौं । वानएक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा पक्राउ परेका कलाकार बल्छी ध्रुबे र राजु मास्टरसहितका कलाकारलाई अदालतले धरौटीमा छोड्न आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएसँगै कलाकारहरु धरौटी बुझाएर छुटेका छन् ।

कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) तथा बेगम नेपाली (भट्भटे माइला), युट्युबर पवन खतिवडा (म्याकुरी), एलिश राई, जलन घर्तीमगर (जलन), गणेश देवकोटा र सरोज घिमिरे (ढेंडु बुढो) लाई जनही पाँच हजार रुपैयाँ धरौटी तोकिएको थियो ।

सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहीँ १० लाख रुपैयाँ धरौटी अदालतले मागेको छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  १० : ३४ बजे