काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेर राष्ट्रपति पौडेलले दाहालको निधनप्रति दुःख व्यक्त गरेका हुन् । दाहालको निधन खबरले आफूलाई दुःख लागेको बताउँदै राष्ट्रपति पौडेलले पत्नी शोकमा परेका प्रधानमन्त्री प्रचण्डलाई समवेदना प्रकट गरेका छन् ।
दाहालको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । बुधबार दिउँसो उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।
हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माले जानकारी दिए ।
लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गरिएको थियो ।
प्रतिक्रिया