Logo

मुख्य समाचार

नक्कली नागरिकता लिएको आरोपमा डाक्नेश्वरीकी उपमेयर पक्राउ



काठमाडौं । नक्कली नागरिकता लिएको आरोपमा सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपमेयर मिराकुमारी यादव पक्राउ परेकी छन् ।

कीर्ते कागजात पेस गरी नागरिकता लिएको आरोपमा उनलाई बुधबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो । उच्च अदालत जनकपुरको राजविराज इजलासले नागरिकता कसुरमा उपमेयर यादवविरुद्ध अनुसन्धान अघि बढाउन आदेश दिएको थियो ।

उपमेयर मीरा र उनका पति महेन्द्र यादव भारतीय नागरिक रहेको र नक्कली प्रमाण खडा गरी नेपाली नागरिकता लिएको भन्दै डाकनेश्वरी नगरपालिका वडा नम्बर ४ का कृष्णकुमार यादव उजुरी दिएको भएपनि प्रहरीले भने लिएको थिएन ।

त्यसपछि उनले उच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ गर्दै प्रहरीलाई मुद्दा दर्ता गरी पक्राउ गर्न परमादेश जारी गरेको थियो । उपमेयर यादवका पति महेन्द्र भने फरार छन् ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  १० : ०७ बजे