Logo

मुख्य समाचार

मेलम्ची आयोजनाको सुरुङमा पानी पथान्तरण बन्द, काठमाडौंमा केही समय पानी नआउने



काठमाडौं । मेलम्चीको जलाधार क्षेत्रमा भारी वर्षा भएपछि मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पथान्तरण बन्द गरिएको छ ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार गत हप्ता दिनभर सुरुङमा पानी हाल्ने र रातमा बन्द गर्ने गरिएको थियो । तर, जलाधार क्षेत्रतर्फबाट धमिलो पानी आएपछि सुरुङलाई हुनसक्ने जोखिमलाई ध्यानमा राखेर बन्द गरिएको हो ।

यसअघि २०७८ असार १ गते आएको बाढीले सिन्धुपाल्चोकको अम्बाथानमा रहेको मुहानस्थल क्षतिग्रस्त भएपछि वर्षायाममा पानी पथान्तरण बन्द गरिएको थियो । तर यसपालि भने पानीको अबस्था हेरेर फेरी पथान्तरण गर्ने आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ८ : २९ बजे