Logo

मुख्य समाचार

फेवाताल सीमाक्षेत्रमा रहेका अवैध संरचना हटाउन सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले फेवातालको सीमाक्षेत्र ६५ मिटरभित्र रहेका संरचना १५ दिनभित्र हटाउन परमादेश जारी गरेको छ ।

यसअघि २०७८ चैत १६ गते पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले फेवातालको सीमा क्षेत्र ३० मिटर कायम गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयविरुद्ध अधिवक्ता खगेन्द्र सुवेदीले सर्वोच्च अदालतमा दिएको रिटको सुुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मी र हरि फुयालको इजलासले पोखरा महानगरपालिकाको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरेको हो ।

अदालतको आदेशपछि फेवाताल मिचेर बनाइएका करिव ५ सय वटा होटल एवं रेष्टुरेन्टहरु अब हटाउनुपर्नेछ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ८ : ३१ बजे