काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक साताका लागि सिंगापुर जाँदैछन् । नियमित स्वास्थ्य परीक्षणका लागि पुर्व प्रधानमन्त्री देउवा सिंगापुर जान लागेका हुन । उनी राति ११ बजे सिंगापुरका प्रस्थान गर्नेछन् ।
पूर्व प्रधानमन्त्रीको देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि साथमा रहने छिन् । पेटसम्बन्धी समस्या कारण स्वास्थ्य जटिलता भोगिरहेका देउवाले लामो समय देखी सिंगापुरमा उपचार गर्दै आइरहेका छन् । यसपटकको भ्रमण उनको स्वास्थ्य फलोअपका लागि भएको उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया