काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रम भन्दा फरक आएको बताउनुभएको छ ।
समाजवादी प्रेस संगठनका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले बजेट नीति तथा कार्यक्रम भन्दा फरक आएको बिषयमा प्रधानमन्त्री र अर्थमन्त्रीलाई समेत जानकारी गराइएको समेत बताउनुभयो । जवाफमा प्रधानमन्त्रीले समयको अभावमा बजेटका बारेमा छलफल अन्तक्र्रिया गर्न नपाएको र आगामी बजेटमा यसर्लाइ ध्यान दिने भन्दै आश्वस्त तुलाएको नेपालले बताउनुभयो ।
उहाले दलहरुबीच केही मतभेद हुनसक्ने भएपनि अहिले गठबन्धनको बिकल्प नरहेको जिकिर गर्नुभयो । अध्यक्ष नेपालले सत्ता बाहिरको गठबन्धनमा संविधानमा आघात पुराउने र संघीयतालाई समाप्त पार्न सक्ने शक्तिहरु रहेको रहेको भन्दै सत्ता गठबन्धन लोकतान्त्रीक गठबन्धन भएको जिकिर गर्नुभयो ।
उहाले एकता संघर्ष र नयाँ स्तरको एकताको मान्यताका साथ अघि बढिरहेको जिकिर गर्नुभयो । त्यस्तै उहाले पार्टी निकट संगठनको कामप्रति सन्तुष्ट नरहेको बताउनुभयो ।
प्रतिक्रिया