Logo

मुख्य समाचार

कार्कीलाई न्यायपरिषद्ले दियो अवकाशको मितिसहितको पत्र



काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि सिफारिस भएका कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई न्यायपरिषद्ले साउन २० गते अवकाश हुने जानकारीसहितको पत्र दिएको छ ।

न्याय परिषद ऐन, २०७३ को दफा ३१ अनुसार न्यायपरिषद्ले कार्कीलाई अवकाश हुने समयसहितको पत्र दिएको हो । न्यायपरिषद् ऐनमा कुनै न्यायाधीश उमेरको कारणले अवकाश हुने भएमा अवकाश हुनुभन्दा कम्तीमा साठीदिन अगावै सोको जानकारी सम्बन्धित न्यायाधीश र निकायलाई गराउनुपर्ने व्यवस्था गरेको छ ।

ऐनअनुसार ८ दिनअघि नै कार्कीलाई यस्तो पत्र दिइनुपर्नेमा आइतबार मात्रै दिइएको हो । कार्कीविरुद्ध संसदीय सुनुवाई समितिमा परेका उजुरीमाथि छानविनको क्रम शुरु हुनै लागेका बेला न्याय परिषदले पत्र थमाएको हो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ९ : ०८ बजे