Logo

मुख्य समाचार

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप आजबाट



काठमाडौं । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप आजवाट सुुरु हुँदैछ । सूर्य नेपाल गल्फअन्तर्गत सिजनको अन्तिम प्रतियोगिता मंगलबारबाट सुरु हुन् लागेको हो  ।

सो प्रतियोगितामा ४१ खेलाडीले सहभागिता जनाउनेछ भने गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता शुक्रबार सकिने छ । सो प्रतियोगितको विजेताले २ लाख ७० हजारसहित ट्रफि पाउने छन् भने उपविजेताले १ लाख ७० हजारको पुरस्कार पाउनेछन् ।

यसैगरी, तेस्रो स्थानमा रहने खेलाडीलाई १ लाख २० हजार, चौथोले १ लाख र पाँचौंले ८६ हजार नगद पुरस्कार पाउने छन् । शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ९ : ०२ बजे