Logo

अर्थ

विद्युतीय सवारीमा लगानी गर्न प्रभु बैंकले ल्यायो लक्जेम्बर्गबाट ५० लाख डलर ऋण



काठमाडौं । प्रभु बैंकले  विद्युतीय सवारी साधनमा लगानी गर्न ५० लाख डलर बराबरको ऋण ल्याएकाे छ । बैंकले विश्व वातावरण दिवसको दिन लक्जम्बर्गको एमएसएमई ईन्टरप्राईजेज बन्ड एसएबाट सो ऋण सुविधा प्राप्त गरेको हो । हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न ४ वर्ष अवधिका लागि उक्त ऋण सुविधा पाएको बैंकले जनाएको छ ।

लक्जम्बर्गको एमएसएमई ईन्टरप्राईजेज बन्ड एसएबाट प्राप्त भएको उक्त ऋण सुविधा सार्वजनिक यातायात र व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारीसाधनहरू खरिद तथा आयातका लागि सहज रूपमा उपलब्ध गराइने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले जानकारी दिएका छन् ।

बैंकले वैकल्पिक ऊर्जा तथा एमएसएमई व्यवसाय प्रवर्द्धनका लागि अन्य अन्तर्राष्ट्रिय संस्थाहरूसँग पनि सहकार्यका लागि पहल गरिरहेको र उक्त पहलले छिट्टै मुहूर्त रूप लिने विश्वास लिएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  १२ : १७ बजे