Logo

मनोरञ्जन

गायक स्वरुपराज आचार्यको ‘धुँवा धुँवा’मा प्रान्जल र स्मृति



काठमाडौं । गायक स्वरुपराज आर्चायको स्वर रहेको  ‘धूँवा धूँवा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अमेरिकाको क्यान्सस राज्यको ओभरल्याण्ड पार्क शहरमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो रिलिज गरिएको हो ।

सो अवसरमा स्थानिय कलाकार तथा संगीतकर्मीहरुको उपस्थित रहेको अन्तर्राष्ट्रिय साहित्य समाज क्यान्सस च्याप्टरले जनाएको छ । सार्वजनिक गीतमा कमला न्यौपानेको शब्द र येदिन गजमेरको संगीत छ । धिरज श्रेष्ठको एरेन्ज रहेको गीतमा कृष्ण केआर मर्हजनले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

प्रान्जल न्यौपाने र स्मृति श्रेष्ठको अभिनय रहेको भिडियोमा व्यस्तताबीच एक्लिएका एक प्रेमीको मनमा खड्किएको एक्लोपनालाई देखाइएको छ । केशवराज भट्टको निर्देशन  रहेको  भिडियोको छायांकन  उत्सव दाहालले गरेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन् । प्रकाश न्यौपानेको निर्माणमा तयार भिडियो  तरंग द वेभ क्रियशनबाट बजारमा आएको हो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ११ : ३८ बजे