Logo

अर्थ

सुन चाँदीको भाउ स्थिर



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ । साेमबार सुनको भाउमा कुनै फेरबदल भएको छैन । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ ।

हिजो आइतबार सुनको भाउ १ हजार ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन  १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

साेमबार चाँदीको भाउ पनि स्थि रहँदै तोलाको १ हजार ४१५ रुपैयाँ कायम भएको छ। आइतबार तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।


प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ११ : ३५ बजे