Logo

अर्थ

कुमारी बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन



काठमाडौं । कुमारी बैंकको ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (जेठ २२ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १२१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।


प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  १० : ४६ बजे