Logo

मुख्य समाचार

सन्दीपले विश्वकप छनोट खेल्ने, भोलि दक्षिण अफ्रिका जाने



काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप छनोटको अभ्यास खेल खेल्न भोलि दक्षिण अफ्रिका पठाउने तरारी गरेको छ ।

जिल्ला अदालत काठमाडौंले आगामी पेशी असार २९ गतेलाई सारेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई दक्षिण अफ्रिका पठाउने भएको हो ।

यसअघि, पेसीकै कारण सन्दीप नेपाली टिमसँगै विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिका जान पाएका थिएनन् । सन्दीपविरुद्धको बलात्कार मुद्दामा गएको मंगलबार पनि अन्तिम सुनुवाइ सुरु हुन सकेको थिएन ।

गत फागुन १५ गते सर्वोच्च अदालतले लामिछानेलाई विदेश जान पाउने गरी धरौटीमा छाड्न आदेश दिएको थियो । यस्तै, सर्वोच्चले उक्त मुद्दालाई छिटो सकाउन समेत जिल्ला अदालतलाई आदेश दिएको थियो । त्यसको तीन महिना बितिसक्दा पनि मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको छैन ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ४ : ५० बजे