Logo

अर्थ

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमयदर, क्यानेडियन डलर ९७ रूपैयाँ बढी



काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ४० पैसा र बिक्री दर १३२ रूपैयाँ ०० पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रूपैयाँ ५० पैसा र बिक्री दर १४२ रूपैयाँ १५ पैसामा काराेबार हुनेछ ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ७२ पैसा र बिक्री दर १६५ रूपैयाँ ४८ पैसा, क्यानेडियन १ को खरिददर ९७.९६ र बिकी दर ९८.४ मा  किनबेच हुनेछ । उता, अस्ट्रेलियन डलर एकको खरिद दर ८७. १४ रुपैयाँ तथा बिक्री दर ८७.५४  रुपैयाँ ताेकिएकाे छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०६ पैसा र बिक्री दर ३६ रूपैयाँ २३ पैसा, साउदी रियाल एकको खरिद दर ३५.४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.२४ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.७१  रुपैयाँ रहेको छ भने बिक्री दर २९.८४ रुपैयाँ रहेको छ । साथै, साउथ कोरियन वन १०० को खरिददर १०.११ रुपैयाँ  छ भने बिक्री दर ९०.१५ रुपैयाँमा खरिद बिक्री हुने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ९ : ३३ बजे