Logo

खेलकुद

‘ए’ डिभिजन लिग : आज चार खेल हुँदै



काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दशरथ रंगशालामा दुईवटा खेल हुनेछन भने एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एक-एक खेल हुनेछन् ।

एन्फा कम्प्लेक्समा हुने पहिलाे खेलमा खुमलटार र संकटा क्लबका बीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । उता, दिउँसो ३ बजे नै च्यासल मैदान, ललितपुरमामा नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लबका बिचमा भिडन्त हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम र हिमालयन शेर्पा बिचमा प्रतिस्पर्धा हुनेछ, जुन खेल ३ बजेबाट सुरु हुनेछ  । रंगशालामा नै हुने दोस्रो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ । जुन खेलमा फ्रेन्डस क्लब र मनाङ मर्स्याङदी आमुने सामुने हुने छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ७ : ३५ बजे