Logo

खेलकुद

महिला टी-ट्वान्टी क्रिकेटकाे अन्तिम श्रृंखला, जितका लागि मलेसियासँग भिड्दै नेपाल



काठमाडौं । महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै छ । महिला टी-ट्वान्टीको अन्तिम श्रृखंलामा आज पुनः नेपाल जीतका लागि मलेसियासँग भिड्न लागेको हो ।

यसअघि खेलमा नेपालले दुई खेलमा जीत तथा दुई खेलमा पराजय भोग्नु परेको थियो । पहिलो र चौथो खेलमा पराजय भोगेको नेपालले दोस्रो र तेस्रो श्रृंखलामा भने बिजय हासिल गरेको थियो ।

मलेसियामा जारी द्विदेशीय श्रृङ्खलाको शनिबार बिहान भएको खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पूरा गरेर चौथो श्रृखंलामा बिजेता बने पछि नेपाल–मलेसियाका जीत हार बराबर बन्न पुगेको छ । आज हुने खेलमा दुवै देश विजयका लागि मैदानमा उत्रने छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ६ : ४७ बजे