Logo

खेलकुद

लिग वान च्याम्पियन पिएसजी अन्तिम खेलमा पराजित



काठमाडौं । लिग वान च्याम्पियन भईसकेको पेरिस सेन्ट जर्मेन (पिएसजी) अन्तिम खेलमा पराजित भएको छ ।  दुई गोलको अग्रता जोगाउन नसक्दा पिएसजी घरेलु मैदानमा क्लेरमन्टफर्टसँग ३–२ ले पराजित भएको हो । यद्धपी, लिग वानको उपाधी भने पिएसजीले उचालेको छ ।

शनिबार राति  पार्क डेस प्रिन्सेस खेल मैदानमा भएको खेलको १६औं मिनेटमा सर्जियो रामोस रामोसले गोल गर्दै पिएसजीलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए र त्यसको केही मिनेटमा नै २१औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारिदिए ।

तर, २४ औं मिनेटमा क्लेरमन्टफर्टका जोहान गास्टिनले गोल फर्काए पछि खेल २–१ को स्थितिमा रहन पुग्यो । पहिलो हाफको इन्ज्युरी समयमा मेदी जिफेनले गोल थपे पछि पहिलो हाफको खेल २–२ गोलको बराबरीमा टुंगियो ।

उता, दोस्रो हाफको ६३ औं मिनेटमा ग्रिजोन केयईले गोल गरे पछि पिएसजीलाई पछि पार्दै क्लेरमन्टफर्टले ३–२ को अग्रता लियो । त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी लिग वानको अन्तिम खेलमा पराजित हुन पुग्यो । पराजित अवस्थामा पिएसजीले लिग वानको उपाधी उचालेको छ ।

साथै, लियोनेल मेस्सी र रामोसको पिएसजीवाट यो अन्तिम खेल थियो किनभने मेस्सी र रामोसले यस सिजनवाट पिएसजी छाडने निर्णय यसअघि नै गरिसकेका छन् । मेस्सी साउदी क्लबसँग अाबद्द हुने चर्चा परिचर्चाका बिचमा मेस्सीले  पिएसजीबाट अन्तिम खेल खेलेका छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ६ : १८ बजे